१३ बैशाख २०८१, बिहीबार

दुई दिनयता वीर अस्पतालका धेरै कर्मचारीलाई संक्रमित, ३० जनालाई संक्रमण ५३ जना संक्रमित भर्ना

bir hospital

वीर अस्पतालका ३० जनाभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

गएको दुई दिनयता यति धेरै कर्मचारीलाई संक्रमित भएको अस्पतालले जनाएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतका अनुसार कोरोना संक्रमितको संख्या थपिँदै गएसँगै स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिन थालेको छ । वीर अस्पतालको विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा बस्नेतले बताउनुभयो ।

पछिल्ला समय कोरोनाको जोखिम बढेसँगै धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् ।

बिहीबार मात्र एकैदिन त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

केही दिनयता अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर बृद्धि भएको छ । एकै रातमा वीर अस्पतालमा १४ जना संक्रमित अस्पताल भर्ना भएको उहाँले बताउनुभयो ।

अहिलेकै रफ्तारमा भर्ना संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिने उनको भनाइ छ । हाल वीरमा ५३ जना संक्रमितको उपचार भइरहेको छ ।