११ बैशाख २०८१, मंगलवार

चेल्सी काराबाओ कप फूटबलको फाइनलमा

antonio rudiger scores for chelsea in efl cup

चेल्सी काराबाओ कप फूटबलको फाइनलमा पुगेको छ ।

इएफएल कप अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा टोटेनह्याममाथि १–० को जित निकाल्दै समग्रमा ३–० को नतिजासहित चेल्सीले फाइनलमा स्थान पक्का पारेको हो ।

चेल्सीको जितमा एन्टोनियो रुड्रीगेरको गोल नै निर्णायक बन्यो । उनले खेलको १८औं मिनेटमा मासन माउन्टको पासमा गोल गर्न सफल भएका थिए ।

सेमिफाइनलको पहिलो लेग चेल्सीले २–० ले जितको थियो । काराबाओ कपको अर्को सेमिफाइनलमा लिभरपुल र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ।