१८ बैशाख २०८१, मंगलवार

तेस्रो लहर कोरोनाको: अर्थतन्त्रमाथि संकटको बादल, लकडाउनको विकल्प छैन?

ministry of finance nepal ghatana

केही दिनयता कोरोना भाइरसको संक्रमणदर उच्च गतिमा बढ्न थालेसँगै नेपाली अर्थतन्त्रमाथि संकटको कालो बादल मडारिन थालेको छ । पहिलो र दोस्रो लकडाउनबाट केही बौरिँदै गरेको अर्थतन्त्रले पुनः लकडाउन थेग्न नसक्ने भन्दै उद्योगी, व्यवसायी र विज्ञ चिन्तित छन् ।

देशको अर्थतन्त्र जोगाउन मात्र होइन जनताको जीवन रक्षाका लागि पनि स्वास्थ्यका मापदण्ड पालना र खोप अभियानलाई तीब्र पारेर लकडाउन नगर्ने तर्फ सोच्न विज्ञको सुझाव छ ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले यसअघि गरेको लकडाउनबाट पर्यटन, पूर्वाधार निर्माण, रेमिट्यान्स, व्यापार लगायतका क्षेत्रमा गम्भीर असर परेको थियो ।

लकडाउन हटेसँगै विस्तारै चलायमान हुँदै गरेका यी क्षेत्र पछिल्लो समय संक्रमणदर उच्च गतिमा बढ्न थालेसँगै पुनः प्रताडित हुने देखिएको छ । सरकारले काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन शुरु गरिसकेको छ । अहिले मुलुकको अर्थतन्त्रले लकडाउनको सामना गर्न नसक्ने भन्दै व्यवसायीहरुले त्यतातिर अग्रसर हुन नहुने सुझाव सरकारलाई दिएका छन् ।

उसै त पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् । उच्च आयातले शोधनान्तरण स्थिती घाटामा छ भने विदेशी विनिमय सञ्चिती पनि निकै कम छ ।

अर्को तर्फ तरलता अभावले बैंकहरुले कर्जा प्रवाहसमेत रोकेका छन् । उद्योगीहरुसँग पनि बचत नरहेकाले पुनः लकडाउन गरेर अर्थतन्त्र ठप्प पारे भएका व्यवसाय पनि बन्द गर्नुपर्ने अवस्था आउने चिन्ता छ ।

संक्रमण बढ्दै जाँदा अर्थतन्त्र विस्तारका अवयव थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेस्टुराँ, उद्योग क्षेत्रमा असर दखिन थालिसकेको छ । त्यसले मुलुकको आर्थिक गतिविधिमा ब्रेक लाग्ने हुँदा बजेट र मौद्रिक नीतिले लिएका लक्ष्यहरु समेत प्रभावित हुने आँकलन छ ।

पहिलो लकडाउनबाट नेपाली अर्थतन्त्रमा १ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको राष्ट्र बैंकको निष्कर्ष छ । यसअघि गरिएको लकडाउनका कारण कैयौं साना तथा मझौला व्यवसायी व्यवसायमा फर्किन सकेका छैनन् भने कति व्यवसायी व्यवसायबाट पलायन भए भन्ने ठोस तथ्यांक आउन सकेको छैन ।