४ जेष्ठ २०८१, शुक्रबार

दोब्बर बढ्यो कोरोना संक्रमितको संख्या २४ घण्टामा, थप २४४४ जनामा सङ्क्रमण पुष्टि

corona virus graph

नेपालमा कोरोना कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा झण्डै दोब्बरले बढेको छ ।

स्वास्थ्य मन्त्रालयले देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

विगत २४ द्दण्टामा १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ जनाको निधन भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।