५ जेष्ठ २०८१, शनिबार

हटस्पट बन्यो काठमाडौं उपत्यका कोरोना संक्रमणको, संक्रमितको कुल ५० प्रतिशत उपत्यकामा

610b7d44763b6 covid kathmandu

पछिल्लो समयमा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यका संक्रमणको हटस्पट बन्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यो कुल संक्रमितको ५० प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् ।

उपत्यकामा पछिल्लो २४ घण्टामा १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा गरिएको मन्त्रालयले जनाएको छ । जसमा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।