२० बैशाख २०८१, बिहीबार

उपत्यका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै, लकडाउन बारे निर्णय गर्ने

kathmandu lockdown
फाइल फोटो

काठमाडौँ उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । आज दिउँसो तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर लकडाउन बारे निर्णय गर्न लागिएको जनाएको छ ।

कोभिड–१९ संक्रमण दर बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

लकडाउन बारे सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने तयारी गरिएको छ ।