१४ बैशाख २०८१, शुक्रबार

गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको ओलीको आरोप

KP Sharma Oli 69
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले आगामी फागुनभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने भए पनि सरकार भने स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागेको बताउनुभयो ।

संखुवासभाको खाँदबारीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार निर्वाचनबाट डराइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पुनः आह्वान गर्नुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा आफ्नो दलले एकल बहुमत हासिल गर्ने दाबी गर्नुभयो ।

आगामी निर्वाचनमा जित हासिल गरेर एमालेले विकास निर्माणको कामलाई तीब्रता दिने उपाध्यक्ष पौडेलको भनाइ थियो ।