१४ बैशाख २०८१, शुक्रबार

के तपाईंसँग खोपकार्ड छ ? साथमा लिएर हिंडनुहोला नत्र प्रवेश निषेध हुनसक्छ !

Khop Card

के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणको कार्ड छ ? छ भने साथमा लिएर हिंडनुहोला । यदि छैन भने खोप लगाउने प्रक्रियामा गइहाल्नुहोला । अन्यथा ३ माघबाट तपाईंका लागि सार्वजनिक स्थलमा प्रवेश निषेध हुनसक्छ ।

सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ ।

सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रंगशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ ।

भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखाएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले जानकारी दिएको छ । कार्ड विना सार्वजनिक स्थलहरुमा रोक लगाइने भएसँगै खोप अभियानलाई तिव्रता दिने तयारी समेत भएको छ ।