१६ चैत्र २०८०, शुक्रबार

यस्तो छ सरकारको तयारी, ओमिक्रोन तीव्र रुपमा फैलिन सक्ने चेतावनी

helth ministry office nepal

सरकारले ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि सबै नागरिकलाई आफ्नो ठाँउबाट आवश्यक स्वास्थ्य सावधानी अपाउन आग्रह गरेको हो । मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा प्रवक्ता संगीता मिश्राले संक्रमणलाई ध्यानमा राखि प्रदेशहरुमा जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताउनुभयो । ओमिक्रोनबाट बच्न खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउनु नै रहेको उहाँको भनाई छ ।

मन्त्रालयले सही रुपमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, भीडभाडमा नजान, भिडभाड नगर्न पनि अनुरोध गरेको छ । कसैलाई संक्रमण भएमा तुरुन्त आइसोलेशनमा बस्न पनि सरकारको अनुरोध छ । मन्त्रालयले नेपालमा हालसम्म २७ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ ।