१४ बैशाख २०८१, शुक्रबार

भाइरस संक्रमण रोक्न स्मार्ट लकडाउनको घोषणा, २५ जना भन्दा बढी भेला हुन रोक

ccmc1641552327

देशमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सरकारले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले स्मार्ट लकडाउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । त्यस्तै सरकारले देशभरिको विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

बैठकले राजनीतिक दलहरूलाई ठूला भेला–कार्यक्रम नगर्न र विभिन्न संघ–संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।