८ बैशाख २०८१, शनिबार

(सूची सहित) सीसीएमसीसीका १३ सिफारिस: विद्यालय बन्ददेखि खोपकार्ड अनिवार्यसम्म

ccmc1626309048 1024x545 1

कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।

त्यसैगरी २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ भने सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

सँगै देशभरका आधारभूत र माद्यामिक विद्यालय माघ १५ गतेसम्म बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीसीले विद्यालय बन्द गर्ने सिफारिस गरे पनि यसको निर्णय नेपाल सरकारले गर्नेछ । सीसीएमसीसीको पत्र प्राप्त भएपछि विद्यालय कहिलेदेखि बन्द गर्ने भन्ने निर्णय सरकारले गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाइ छ ।

सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिस :

ccmcc1
ccmcc2 63