२१ बैशाख २०८१, शुक्रबार

गोप्य तस्बिर बाहिरियो ज्याकलिनको

jacqueline

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको गोप्य तस्बिर बाहिरिएको छ । ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको केही दिन अगाडि मात्रै​ तस्बिर बाहिरिएको हो । अभिनेत्रीले गोप्य तस्बिर बाहिरिएपछि तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् ।

ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’

आफ्नो बाहिरिएको गोप्य तस्बिर उनले मिडियालाई भाइरल नबनाइदिन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’

केही समयअगाडि मात्रै ज्याकलिनको ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो ।