११ बैशाख २०८१, मंगलवार

सकुसल घर फर्किन सफल ६ दिनदेखि हिउँमा फसेका बाबुछाेरा

Taplejung father son

मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लै गएपछि उहाँहरू गाउँ आउन सफल हुनभएकाे हाे ।

अन्दाजी ५५ वर्षका लाक्पाटाँसी र उहाँका १५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फस्नुभएको थियो । चौँरी गोठ सार्ने क्रममा हउँपहिराले बगाएसँगै उहाँहरू ओडारमा अल्झिएर बस्तुएको थियो ।

उद्वारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्वारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्वार हुन सकेको थिएन ।

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उहाँहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिनुभयो । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिनुभयो ।

समुद्र सतहदेखि चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फस्नुभएको थियो ।