१२ बैशाख २०८१, बुधबार

ताप्लेजुङबाट हतियारसहित एक व्यक्ति पक्राउ

chh PbcnQyrLEi 560x280 1

प्रहरीले ताप्लेजुङको मिक्वाखोलाबाट हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । नवीनकुमार नाल्बोलाई मिक्वाखोला गाउँपालिका ४ बाट पक्राउ गरिएको हो । उनीमाथि सहोदर भाइको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ ।

नवीनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, उक्त बन्दुकमा प्रयोग हुने गोली (फलामका छर्रा) ६ वटा, बारुद‚ एउटा खुकुरी र रडको टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सञ्जय बुचाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो ।