
पाल्पाको रिब्दीकोट २ लघुवामा मलामी बोकेको बस दुर्घटना दुर्घटना भएको छ । लु. २ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
स्थानीय शिक्षक दिपक कुँवरका अनुसार बुटवलबाट रिडी मलामी बोकेर जाँदै गरेको बस दुर्घटना भएको हो । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेको बताइएको छ ।
हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।
बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा कम्तिमा ७ जनाको निधन भएको र उद्दार कार्य जारी रहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।
प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । मृतकको संख्या अझै बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । दुर्घटनाबारे बिस्तृत बिबरण आउन बाँकी छ ।