१३ बैशाख २०८१, बिहीबार

आज नेतृत्व चयन गर्न मतदान

maoist 63

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेको छ । शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक भएसंगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । जसअनुसार आज बिहान ८ देखि ८:३० बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिने समय तोकिएकाो छ । उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८:३५ मा निर्वाचन समितिले प्रकाशित गर्ने छ ।

उक्त उजुरी उपर निर्वाचन समितिले आज बिहान ८:४० देखी ९:०० बजेसम्म छानबिन गर्नेछ । ९:१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९:३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन समितिले तोकेको छ ।

त्यसैगरी आज बिहान ११:४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११:३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।