१५ चैत्र २०८०, बिहीबार

सभापति देउवाद्वारा केन्द्रीय कार्यसमितिमा १० जना सदस्य मनोनित

sherbahadur deuba
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १४औँ महाधिवेशनमा पराजित नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ ।

कांग्रेस पार्टी कार्यालयका अनुसार सभापति देउवाले विधानतः १० जना केन्द्रीय सदस्यहरु मनोनित गर्नुभएको हो ।

मनोनित हुनेमा पौडेलसहित सभापतिमा पराजित विमलेन्द्र निधि, प्रकाशमान सिंह, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला हुनुहुन्छ ।

त्यस्तै देउवाले महाधिवेशनमा आफूलाई साथ दिने कृष्णप्रसाद सिटौला, डाक्टर नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई पनि मनोनित गर्नुभएको छ ।

कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले मनोनीत विधानमा व्यवस्था छ ।