१६ चैत्र २०८०, शुक्रबार

बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ को पनि प्रदर्शन रोकियो

rrr

अन्ततः फिल्म ‘आरआरआर’को पनि प्रदर्शन रोकिएको छ । आगामी शुक्रबार रिलिज हुने भनिएको फिल्म पोस्टपोन्ड भएको जानकारी निर्देशक राजामौलीले दिएका छन् ।

भारतमा ओम्रिकोन भाइरसका संक्रमित बढ्न थालेसँगै प्रदर्शनका लागि तयार भएका फिल्म भकाभक सर्न थालेका छन् । केही दिनअघि मात्र ‘जर्सी’ले प्रदर्शन मिति रोकेपछि यसपछि प्रदर्शनको तयारीमा रहेको ‘आरआरआर’ले के गर्ला भन्ने कौतुहल थियो ।

उचित समयमा फिल्मको प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । ‘सहि समयमा हामीले भारतीय सिनेमाको गौरवलाई फिर्ता गर्नेछौं’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्यकर्मीले फेब्रुअरीमा भाइरस उचाइमा पुग्ने र जनवरीदेखि नै संक्रमण तीव्र रुपमा फैलने बताए पछि सरकारले सार्वजनिक स्थानलाई कस्दै लगेको छ । यसैबीचमा दिल्ली सरकारले सिनेमा हल बन्द गर्ने निर्णय नै गरिसकेको छ । यसैगरी शुक्रबार नै तमिलनाडु सरकारले पनि ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म देखाउने नियम लागू गरेको छ ।

फिल्मको प्रदर्शन नसार्ने केही दिनअघि निर्माता तथा निर्देशक एसएस राजामौलीले बताएका थिए । यी सब घटनाक्रम इरहँदा ‘आरआरआर’ पनि सर्ने मनस्थितिमा पुगेको र बेलुकीसम्म औपचारिक रुपमा निर्माताले घोषणा गर्ने बलिउड हंगामाले समाचार लेखेको छ ।

निर्माताले फिल्म आउँदो शुक्रबार प्रदर्शन नहुने कुरा प्रदर्शकलाई जानकारी पठाइसकेको समाचारमा उल्लेख छ । यो फिल्मको लगानी ४ करोड हाराहारी रहेको बताइएको छ । त्यसैले पनि निर्माता रिस्क लिन सक्ने अवस्थामा छैनन् ।

बाहुबली फेम्ड निर्देशक राजामौलीको यो फिल्म नेपालमा समेत बहुप्रतीक्षित थियो ।