१८ बैशाख २०८१, मंगलवार

बिहारमा गाउँ फर्केका प्रवासीको खबर गरेको भन्दै कुट्पिट गरी हत्या

sitamarhi bihar

बिहारको सीतामढ़ी जिल्लामा एक युवकलाई हालसालै मुम्बईबाट फर्केका दुई गाउँलेहरूमा कोविड्-१९ भएको आश्ंकामा स्थानीय अधिकारीहरूलाई खबर गरेको भन्दै कुट्पिट गरी हत्या भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार मार्च २० मा सीतामढी जिल्लाको रन्नी सैदपुर ब्लाक अन्तर्गत माधौल गाउँका दुई जनालाई लकडाउन पछि मुम्बईबाट गाउँ फर्केका थिए।

२० वर्षिय बब्लु कुमार महतो ले स्थानिय स्वास्थ्य अधिकारिहरुलाई जानकारी दिए अनुसार्, उनिहरु संक्रमित भएको अनुमान गरिएको थियो । तर ती दुई गाउँलेहरूको जाँच गर्न डाक्टर र स्थानीय स्वास्थ्य अधिकारीहरूको टोली मार्च २४ मा गाउँ पुगेको थियो।

“उनीहरूले बब्लु कुमारलाई मार्च २० मा एक्लै भएको बेला पारेर कुटपिट गरे। उनी गम्भीर घाइते भए र उनलाई रन्नी सैदपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो जहाँबाट डाक्टरहरूले उनलाई अर्को अस्पताल श्रीकृष्ण मेडिकल कलेज र छिमेकी मुजफ्फरपुर जिल्लाको अस्पताल रेफर गरे। तर उनको अस्पतालमा लैजाँदा उनको चोट लागी मृत्यु भयो, ”बब्लुका भाइ गुड्डू महतोले भने।

बब्लु कुमारका बुबा विनोद कुमार महतोले स्थानीय पुलिस स्टेशनमा मुन्नाकुमार महतो, सुधीरकुमार महतोलगायत अरुको विरुद्धमा किटानी जाहेरी दिएका थिए। यस मुद्दामा पुलिसले दुई आरोपी सुधीर महतो र मुन्ना महतोलाई पक्राउ गरेको छ।

त्यसैगरी मार्च ३० मा, गाउँलेहरूको एक समूहले जहानाबाद जिल्लाको दयाली बिघा गाउँमा बाहिरबाट आएका केही व्यक्तिको पहिचान गर्न गएका स्थानीय प्रशासनिक अधिकारीहरूमाथी आक्रमण गरे। आक्रमणपछि जिल्ला अधिकारीहरू गाउँबाट भाग्नु परेको थियो ।

    सम्बन्धित समाचार...