२२ बैशाख २०८१, शनिबार

घोराहीमा नर्सलाई घरबाट निकाल्ने वडा सचिव पक्राउ

srijana khadka

घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुरकी २० बर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोप लागेको घोराही उपमहानगरपालिका वडा नं.२ का वडा सचिव नारायण आचार्य पक्राउ परेका छन्।

खवर सार्वजनिक भए लगतै वडा सचिव आचार्यलाई आवश्यक कारवाहीका लागि पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। घोराहीस्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरु संगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन्।

आचार्यले घरबाट निकालिएपछि चैत १५ गतेदेखि आफू घोराहीस्थित एक होटेलमा बस्दै आएको खड्काले बताइन् ।