८ बैशाख २०८१, शनिबार

बाबु छोरा गोठ सार्दासार्दै हिउँमा फसे, उद्धार गरिदिन ओडारबाटै वडाध्यक्षलाई फाेन

himpat 1 1024x471 1

गोठ सार्ने क्रममा हिमपात भएर ताप्लेजुङका बाबु छोरा हिउँमा फसेका छन् ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङ सिम्बुकका बाबुछोरा ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ छिरिङ शेर्पा हिउँमा फसेका हुन् । उनीहरुको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ ।

ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म ुहिउँको प्रभाव कम होला र घर फर्कन सकिएलाु भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकोले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका(५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो ।

लाक्पाटासीले शनिबार बिहान फोन गरेर आफूहरु हिउँ छिचोलेर घर फर्कन सक्ने अवस्था नभएकोले हेलिकोप्टर पठाइदिन माग गरेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । हिमपहिरोले लाक्पाटासीका २५ वटा याक पनि बगाएर लगेको उहाँले बताउनुभयो ।

लाक्पाटासीले आफूहरु रहेको ओडारको केही माथिसम्मको भाग रहेको देखेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने जानकारी गराएको उहाँले बताउनुभयो । यदि हेलिकोप्टर बस्न सक्ने अवस्था नभए हिउँले थुनिएका बाबु छोराका लागि खाना र न्यानो कपडा झारेर फर्कन सक्ने अवस्था रहेको समेत वडाध्यक्ष लामाले बताउनुभयो ।