१५ बैशाख २०८१, शनिबार

उपाधि दौड बलियो बनाउँदै सिटी

3278381 67084888 2560 1440

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा उपाधि दौड थप बिलयो बनाएको छ । बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफर्डलाई १–० गोलले हरायो । सिटीको जितमा फिल फोडेनले गोल गर्नुभयो । फोडेनले १६औँ मिनेटमा गरेको गोल सिटीको जितमा प्रयाप्त बनेको थियो ।

यससँगै सिटीले एकै क्यालेन्डरमा कीर्तिमानी जितसहित बर्ष २०२१ को अन्त्य गरेको छ । सिटीले सर्वाधिक जित, सर्वाधिक गोल र सर्वाधिक अवे जितको कीर्तिमान बनाएको हो । सिटीले एकै क्यालेन्डरमा ३६ जित, एक सय १३ गोल र १९ अवे जित निकाल्यो । यो कुनैपनि इङ्लिस क्लबले एकै क्यालेन्डरमा निकालेको सर्वोत्कृष्ट नतिजा हो ।

जितसँगै सिटीले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । २० खेलबाट ५० अंक बनाएको सिटीले उपाधि यात्रा थप बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट ४२ अंक छ ।

बुधबार रातिनै भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । चेल्सीको बराबरीले पनि सिटीलाई थप फाइदा पुगेको छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ४१ अंक छ । सिटीसँग पराजित ब्रेन्टफर्ड २० अंक सहित १४औँ स्थानमा छ ।