Close Me
१३ माघ २०८१, आईतवार

टोटनह्याममाथि चेल्सीको रोमाञ्चक जित

Chelsea2024 12 09 07 38

इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्याममाथि रोमाञ्चक जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले २ गोल गरेका थिए भने जाडोन सान्चो र इन्जो फेर्नानडेजले एक एक गोल गरेका थिए ।

त्यस्तै टोटनह्यामका लागि डोमिनिक सोलान्के, डेजान कुलुसेभस्की र सन हेंग मिनले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको १५ खेलमा ३१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको १५ खेलमा २० अंक रहेको छ र लिगमा ११औ स्थानमा छ ।