१५ चैत्र २०८०, बिहीबार

पुर्पक्षका लागि थुनामा इच्छाराज तामाङ

ichharam tamang

सिभिल सहकारीको रकम अलचलनसम्बन्धी मुद्दामा व्यवसायी इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । आज काठमाडौं जिल्ला अदालतले तामाङलाई थुनामा पठाउने आदेश दिएको हो ।

नयाधीश राजकुमार कोइरालाको एकल इजलासले तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउने आदेश जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले हिरासतमा राखी अनुसन्धानपश्चात् ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । तामाङसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

निक्षेपकर्ताको रकम फिर्ता नहुने जोखिम रहेको भन्दै सरकारका तर्फबाट वकिलहरुले पुर्पक्षका लागि थुनामा राख्ने आदेशको गर्नुपर्ने जिकिर गरेका थिए ।

    सम्बन्धित समाचार...