१२ बैशाख २०८१, बुधबार

वीरेन्द्रले भारतको शर्त मानेको भए दरबार हत्याकाण्ड नहुने अध्यक्ष लिङ्देनको दाबी

rajendra lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भारतको शर्त मानेको भए दरवार हत्याकाण्डको परिस्थिति नआउन सक्ने टिप्पणी गर्नुभएको छ ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले २०४६ सालको परिवर्तनमा तत्कालिन भारतको संस्थापन पक्षले राखेको ६ बुँदे प्रस्ताव नमानेर देश बचाएको जिकिर गर्नुभयो ।

उहाँले वीरेन्द्रसहितको वंशनाश हुनुको एउटा कारण हुनसक्ने टिप्पणी गर्नुभयो ।

कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि नै देश भारतमा विलय भएको स्मरण गर्नुभयो । उहाँले अहिले नेपालमा पनि त्यही खतरा मडारिरहेको उल्लेख गर्नुभयो ।