१२ बैशाख २०८१, बुधबार

दुई दिन लम्बियो माओवादी केन्द्रको महाधिवेशन

maoist 63

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जारी आठौँ राष्ट्रिय महाधिवेशन २ दिन लम्बिएको छ । पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङको विधान प्रतिवेदनमाथिको समूहगत छलफलका सुझाव, नेतृत्व चयनलगायतका विषय बाँकी रहेकाले महाधिवेसन लम्बिएको हो ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले प्रस्तुत गरेको विधानमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । आज ११ समूहले सुझाव पेस गरेका छन् । बाँकी १४ समूहको सुझाव भोलि प्रस्तुत गरिने र उठेका सवालमा अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया सुरू हुने बताइएको छ ।

आजको बन्दसत्रपछि पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व छनौटको प्रक्रियामा प्रवेश गर्ने बताए । माओवादीको महाधिवेसन १५ पुसमा समापन गर्ने तय भएको थियो । तर, अब महाधिवेशन १७ पुसम्म धकेलिने भएको छ ।