१४ बैशाख २०८१, शुक्रबार

प्रतिपक्षीको विरोधका वावजुद सरकारले आफनो कामलाई अघि बढाइरहनु लोकतन्त्रको मर्म विपरित: भीम रावल

Bhim Rawal
फाइल फोटो

नेकपा एमालेका नेता भीम रावलले संसदमा प्रमुख प्रतिपक्षी एमालेको विरोधका वावजुद सरकारले आफनो कामलाई अघि बढाइरहनु लोकतन्त्रको मर्म विपरित हुने बताउनुभएको छ ।

शुक्रवार नेता रावलले सामाजिक संजाल मार्फत जनसरोकारको विषयमा सांसदहरुले बोल्न नपाउने तर सरकारले चाहे अनुसार कानुन पारित गरिरहेको भन्दै आलोचना गर्नुभयो । उहाँले संसदमा सासंदहरुको अवरोधकै बिच पनि समस्याको विकल्प नखोजि सरकार यसरी एकतर्फि अघि बढ्न खोेज्दा देश, जनता र लोकतन्त्रको विरुद्ध हुने स्पष्ट पार्नुभयो ।

रावलकै दल नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ । तर सरकारले विभिन्न कानुनहरु नाराबाजीकाबीच पास गर्दै आएको छ । यसलाई लक्षित गर्दै नेता रावले यस्तो क्रियाकलापले देश कमजोर हुँदै जाने धारणा राख्नुभयो ।