१४ बैशाख २०८१, शुक्रबार

अनुमति दिएको खण्डमा पुस अन्तिमदेखि बुस्टर डोज : मन्त्री खतिवडा

Birodh
फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गरिने जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै विश्व स्वास्थ्य संगठनको अनुमति पाएको अवस्थामा छिट्टै बुस्टर डोज दिन सरकार तयार रहेको जानकारी दिनुभयो ।

बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

सरकारले खोप लगाएदेखि अहिले सम्म दुइ करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ । कुल जनसंख्याको ४१ Þ१ पहिलो मात्रा ३२ Þ२ प्रतिशत पूर्णमात्रा लगाएका छन् त्यस्तै लक्षित जनसंख्यामा ६२ Þ५ प्रतिशत ले एक मात्रा र ४९.१ प्रतिशत पुर्णमात्रा खोप लगाएका छन् ।

विश्व स्वास्थ्य संगठनले लक्षित समुहका ५० प्रतिशत नागरिकले पुर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ।
पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपाल सहित विश्वका अधिकांश देशहरूमा फैलिँदै गएको छ। सरकारले पनि तेस्रो लहर फैलन नदिन पूर्व तयारी गरेको बताउनुभयो ।

अहिले नौ वटा देशबाट आउने हवाई यात्रा बन्द गरिएको छ। ट्रान्जिट प्वाइन्टबाट आएका यात्रुहरुलाई पनि क्वारेन्टाइनमा राखेरमात्रा घर जाने वयवस्था गरिएको छ। विदेशबाट आउने यात्रुले अनिवार्य खोप कार्ड देखाउनु पर्छ ।’उहाँले भन्नु भयो ।

स्थलमार्गबाट पनि कडाई गरको मन्त्री खतिवडाले जानकरी दिनुभयो । नाकामा आवतजावत गर्दा अनिवार्य खोप कार्ड देखाएर मात्रा यात्रा गर्न मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।
अस्पताललाई बेड,जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको मन्त्री खतिवडाले जानकरी दिनुभयो ।

१२ वर्ष देखि १७ वर्षका सबै बालबालिका कोरोना विरुद्धको खोप लगाउन आग्रह

मन्त्री खतिवडाले १२ वर्ष देखि १७ वर्षका सबै बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभएको छ।

मन्त्री खतिवडाले स्कुल पढ्ने बिद्यार्थीलाई मात्र नभई सम्पूर्ण १७ देखि १७ वर्ष विद्यालय जाने नजाने सबै बालबालिकाहरुले पाएक पर्ने विद्यालयका गई खोप लगाउन आग्रह गनुभएको हो ।
बालबालिकालाई उमेर खुल्ने परिचयपत्र वा वडाबाट सिफारिस लिएर खोप लगाउन मन्त्री खतिवडाले आग्रह गर्नु भयो ।

सरकारले पुस ४ गते देखि १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई पहिलो मात्रा मोर्डना खोप लगाउन सुरु गरेको छ ।