२५ बैशाख २०८१, मंगलवार

२६ गते बिहानसम्म लकडाउन (८ दिन थपियो)

lockdown day2 12

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले लक-डाउनको अवधि कम्तिमा ७ देखि बढीमा १४ दिनसम्म बढाउन मन्त्रिपरिषद्लाई सिफारिश गरेकोमा सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् आजै अपराह्न ४ बजे बसेको बैठक ले मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो।

समन्वयन समितिको बैठकमा लक डाउनको अवधि बढाउने विषयमा सबै मन्त्रीहरु सहमत भए पनि कति थप्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्ने निष्कर्षमा पुगेको थियो।

सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए अनुसार आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थप आठ दिन देशभर लक डाउन गर्ने निर्णय गरेको हो।

भारतमा वैशाख ३ गतेसम्म लक डाउन घोषणा गरिएको अवस्थामा नेपालमा पनि त्यति नै अवधि गर्नुपर्ने आवाज उठिरहेको छ। नेपालमा हालसम्म पाँच जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ।