१६ चैत्र २०८०, शुक्रबार

एमालेले आज केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्दै

Uml New office 1024x538 1

नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय आज सार्वजनिक गर्ने भएको छ ।

गत शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न लागिएको एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवनिर्वाचित महासचिव शङ्कर पोखरेलले पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गर्नुहुनेछ ।

चितवनमा गत मङसिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।