४ बैशाख २०८१, मंगलवार

विजयी भएपछि गगनले भने- एकदिन पनि थाक्ने सुविधा म सँग छैन

a gagan thapa n
फाइल फोटो

नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् ।

महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले आफूले पाएको मतलाई न्याय गर्ने तथा मत धेरै पाउनु भनेको जिम्मेवारी पनि धेरै पाउनु भन्दै आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै उनले आफूलाई मत नदिएका १६०० मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताए ।

थापाले महामन्त्रीको रुपमा दुई/तीनवटा अजेन्डा लिएर आएको तथा त्यसकै आधारमा पार्टीलाई अगाडि बढाउने र साथीहरुलाई एक दिन पनि गलत मान्छे छाने छु भन्ने दिन आउन दिन्नँ भनेको छन् । ’

उनले आफू एउटा समूहमा बसेर निर्वाचन लडेको भए पनि अब आफू सिंगो पार्टीको महामन्त्री भएको बताए।