६ माघ २०७८, बिहीबार

नयाँ कप्तान बने सन्दीप लामिछाने

Sandeep Lamichhane
फाइल फोटो

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ ।

टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै पदमुक्त सहित सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिना सहभागिता नगराउने क्यानको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो । खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा सञ्चारमाध्यममा आफ्नो असन्तुष्टि व्यक्त गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई क्यानले कारबाही गरेको हो ।

यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण २१ डिसेम्बरबाट पोखरामा गर्ने भएको छ । सङ्घले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ भने पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ ।