१६ चैत्र २०८०, शुक्रबार

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानलाई टी-२० शृंखला

PAK vs WI Twitter PCB 2324 630 630

भ्रमणकारी टोली वेस्ट इन्डिजलाई दोस्रो टी-२० क्रिकेटमा पराजित गर्दै घरेलु टोली पाकिस्तानले शृंखलामा कब्जा जमाएको छ ।

मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो । यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २–० अन्तरले आफ्नो पक्षमा पारेको हो ।

पाकिस्तानले दिएको १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि ब्राण्डन किङले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । पाकिस्तानका इफ्तिखर अहमेदले सर्वाधिक ३२ रन जोड्दा हेइदर अलीले ३१ रनको योगदान गरे ।

वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए । यस अघि पहिलो खेल पाकिस्तानले ६३ रनले जितेको थियो । दुई टोलीबीचको अन्तिम टी–२० खेल भोलि बिहीबार हुनेछ ।

    सम्बन्धित समाचार...