२९ श्रावण २०७९, आईतवार

शक्तिशाली भूकम्प इन्डोनेसियामा, सुनामीको चेतावनी

1200x 1

इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ ।

पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।