१८ बैशाख २०८१, मंगलवार

६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, दुईको निधन

Indonesia Earth Quake

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको निधन भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

“म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोँच सकेनौ, एकाएक भागिएछ,” एक प्रत्यक्षदर्शीले भने । भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।