३ कार्तिक २०७८, बुधबार

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

Indonesia Earth Quake

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ११:४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।