१४ बैशाख २०८१, शुक्रबार

स्पेनिस राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसबाट मृत्यु

Princess Maria Teresa

कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

युवराज्ञीका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ । स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ । एजेन्सी