१४ बैशाख २०८१, शुक्रबार

संसारमा घटेका २० भयंकर महामारि

Athens

अनुसन्धानकर्ताहरुको दाबीअनुसार संसारमा पाँच हजार वर्षदेखि विभिन्न समयमा महामारी चलिआएको छ । तीमध्ये कुनैले हजारौ मानिसको ज्यान लियो त कुनैले करोडौंसम्मको ज्यान लियो । संक्रमणको स्रोतहरु बाँदर, सुँगुर, कुखुरा, चिम्पान्जी मुख्य छन् । संक्रमण सर्ने माध्यम स्वाशप्रश्वासबाटै भएको पाइन्छ भने थोरै मात्र अन्य कारण छन् । अहिले चलिरहेको कोरोनाभाइरसको महामारी पनि स्वाशप्रश्वासकै माध्यमबाट फैलिरहेको छ । यहाँ प्रस्तुत छ, कोरोना बाहेक संसारमा चलेका २० घातक महामारी संक्षेपमा ।

१) महामारी (प्रिहिस्टोरिक पेण्डामिक)

ईसा पूर्व ३ हजार वर्ष पहिले अर्थात आजभन्दा ५ हजार वर्ष पहिले सरुवा रोग महामारी भएको अनुसन्धानकर्ताहरुको दाबी छ । अहिलेको बेइजिङ नजिक चाइनाबाट पहिलो पटक महामारी फैलिएको थियो । खोजकर्ताका अनुसार महामारीमा मर्नेको कंकाल अहिलेसम्म सुरक्षित छ । पहिलो ऐतिहासिक गाउँ नाम दिइएको एक पाँच हजार वर्ष पुरानो बस्तीमा फेला परेको कंकालको अनुसन्धान गर्दा महामारीबाट भएको दाबी गरेका छन् । त्यहाँको अधिकांश कंकाल युवा वर्गको पाइएको छ । यस महामारीमा कति जनाले ज्यान गुमाएका थिए भन्नेबारे अनुमानसम्म गरिएको छैन । जसको नाम पहिलो ऐतिहासिक महामारी अर्थात प्रिहिस्टोरिक पेण्डामिक भनेर बुझिन्छ ।

२) महामारी (प्लेग अफ एथेन्स)

Athens

ईसा पूर्व ४३० ताका युरोपको एथेन्स सहरमा प्लेग अफ एथेन्स अर्थात एथेन्सको हैजा नामको महामारी चलेको थियो । अहिलेको ग्रिस देशमा पर्ने एथेन्स सहरमा पाँच वर्षसम्म चलेको महामारीले १ लाख मानिसको ज्यान लिएको थियो । जसको लक्षण टाउको दुख्ने, आँखा पोल्ने, उल्टी हुने जस्ता थिए । ऐथेन्सबाट इतिहास रचेको प्लेग रोगले विभिन्न कालखण्डमा विकसित रुप लिएर फरक देशहरुमा बल्झिदै आएको छ । प्लेग घरपालुवा जनावरमा हुने किटाणु र सुंगुरको नपाकेको मासु मानिसले खाँदा संक्रमित हुने गर्छ ।

३) महामारी (एन्टोनिन प्लेग)

Antonine Plague

एन्टोनीन प्लेग नाम दिइएको महामारी युरोपको ऐतिहासिक सहर रोम केन्द्रित थियो । ईसा पूर्व १६५ देखि १८० सम्म चलेको महामारीले ५० लाख मानिसको ज्यान गएको थियो । तत्कालिन समयमा रोम साम्राज्य इरानसम्म थियो र अहिले इरानमा पर्ने पार्टियाको युद्धमा होमिएका बेला रोमका सिपाहीलाई प्लेग संक्रमण भएको र पछि रोम सहरसम्म फैलिएको विश्वास गरिएको छ ।

४) महामारी (साइप्रइन प्लेग)

युरोप महादेश केन्द्रीत फैलिएको साइप्रइन प्लेग महामारीले अफ्रिका र एसियामा समेत मानिसको ज्यान गएको थियो । सन् २५० देखि २७१ सम्म चलेको यो महामारीले युरोपको रोम सहरमा मात्र एकैदिन ५ हजार जनासम्मको ज्यान गएको बताइन्छ ।

५) महामारी (जस्टिनियन प्लेग)

सन् ५४१ देखि ५४२ सम्म युरोपियन सम्राट बैजन्तीनको साम्राज्य अहिलेको इजिप्ट र टर्कीसम्म फैलिएको थियो । त्यही टर्कीको स्तानबुल सहर केन्द्रित जस्टियन प्लेग महामारी फैलियो । महामारीले विश्वको १० प्रतिशत जनसंख्या घटाइदियो । सम्राट जस्टिन समेत संक्रमित भएका थिए । तर, उनि बाँच्न सफल भए । तर पनि उनले महामारीकै कारण सत्ताबाट विदा लिए ।

सन् १९१८ देखि १९२० सम्म महामारी चल्दा ५ करोड ज्यादा मानिसको ज्यान गएको बताइएको छ ।

६) माहामारी (ब्ल्याक डेथ)

dance of death

ब्ल्याक डेथ नाम दिइएको महामारी सन् १३४६ देखि १३५३ फैलियो । महामारीले आधा युरोपियनको ज्यान गयो । ब्ल्याक डेथले युरोपको इतिहास नै फेरेको बताइन्छ । सुँगुरको मासु खाँदा संक्रमण भई फैलिएको महामारी एसियाबाट सरेको विश्वास छ ।

७) माहामारी (अमेरिकन प्लेग)

अमेरिकन प्लेग १५१९ देखि १५३२ सम्म फैलिएको थियो । जम्मा १ करोडदेखि १ करोड ८० लाखसम्मले ज्यान गुमाएको अनुमान छ । रोगको लक्षण जन्डिस जस्तो तर अझ घातक थियो । अधिक ज्वरो आउनेदेखि लिएर नाक र कानबाट रगत समेत बग्ने हुन्थ्यो । युरोपबाट अमेरिकामा सरेको यो रोगको कारण अमेरिकाका ९० प्रतिशत आदिवासीको ज्यान गएको बताइन्छ ।

८) महामारी (कोकोलिज्लीक महामारी)

यो महामारी सन् १५४५ देखि १५४८ सम्म चलेको थियो । मध्य अमेरिकी देश मेक्सिको केन्द्रीत महामारीले १ करोड ५० लाख मानिसको ज्यान लिएको थियो । एज्टेक नामक किटाणुको कारण थियो कोकोलिज्लीक महामारी ।

९) महामारी (ग्रेट प्लेग अफ लण्डन)

london fire illustration

ग्रेट प्लेग अफ लण्डन नामक महामारी सन् १६६५ देखि १६६६ सम्म चल्यो । अप्रिलमा सुरु भएको महामारीले १ लाख मानिसको ज्यान गएको । यसमा १५ प्रतिशत लण्डनबासी पनि थिए । महामारी अर्को वर्षको सेप्टेम्बरमा नियन्त्रणमा आएको थियो ।

१०) महामारी (ग्रेट प्लेग अफ मार्सेल)

Marseille

ग्रेट प्लेग अफ मार्सेल महामारी सन् १७२० देखि १७२३ सम्म फ्रान्सको मार्सेल सहरमा फैलदा १ लाख मानिसको ज्यान गएको थियो । ज्यान गुमाउनेको संख्या सहरको ३० प्रतिशत अंश थियो । मालबाहक पानीजहाजले अन्तैबाट जिवाणु ल्याएर फ्रान्समा महामारी फैलाएको विश्वास गरिन्छ ।

११ ) रसियन प्लेग

रसियन प्लेग सन् १७७० देखि १७७२ सम्म रुसको मस्कोमा फैलिएको थियो । यसले १ लाख मानिसको ज्यान लिएको थियो ।

१२) फिलाडेलफिया यल्लो फिवर

Philadelphia yellow fever

फिलाडेलफिया यल्लो फिवर पेन्डामिक नामले चिनिने सन् १७९३ को अमेरिकाको महामारीले कम्तीमा ५ हजार मानिसले ज्यान गुमाएका थिए । अमेरिकाको फिलाडेल्फिया सहरबाट सुरु भएको महामारी अफ्रिकामा तालिम लिएका नर्सबाट फैलिएको र संक्रमणको कारण भने मच्छड बताइएको छ ।

१३) फ्लु पेण्डामिक

फ्लु पेण्डामिक नामको महामारीले सन् १८८९ देखि १८९० को केही महिना भित्रै पाँच लाखको ज्यान लिएको थियो । सुरुमा रसियामा देखा परेको यो रोग हवाईयात्राका कारण संसारभर फैलिएको थियो ।

१४) अमेरिकन पोलियो

अमेरिकन पोलियो महामारीले सन् १९१६ मा संयुक्त राज्य अमेरिकामा मात्र ६ हजार मानिसले ज्यान गुमाए ।

१५) स्पानिस फ्लु

आधुनिक युगमा महामारीका कारण सर्वाधिक ज्यान गएको मानिएको नै स्पानिस् फ्लु हो । सन् १९१८ देखि १९२० सम्म महामारी चल्दा ५ करोड ज्यादा मानिसको ज्यान गएको बताइएको छ । स्पानिस फ्लुले यति धेरै मानिसको ज्यान लियो त्यो पनि आधुनिक युगमा । यस महामारीबारे धेरैको तर्क वितर्क अझैसम्म चलिरहेको छ । यसका धेरै रोचक पक्षहरु पनि छन् ।

विश्वयुद्धमा होमिएका अमेरिकन सैनिकमा पहिलोपटक देखा परेको स्पानिस फ्लु क्रमशः अन्य सैनिक हुँदै प्रतिद्वन्दी जर्मनी पक्षका सैनिकलाई समेत संक्रमण भएपछि संसारभरि महामारी फैलिएको थियो । सुँगुरको शरीरमा भएको जिवाणु मानिसमा संक्रमण भई फैलिएको मानिएको स्पानिस फ्लु कसैले चाइनाबाट आएको मान्छन्, कसैले अमेरिका, कसैले ब्रिटेन भनेर भन्ने गरेका छन् । जताबाट आए पनि स्पानिस फ्लु भने स्पेनबाट सुरु नभएकोमा सबै एकमत छन् ।

स्पानिस फ्लु नाम दिनुको कारण पनि रोचक छ । स्पेनमा रहेका पत्रकारहरुले युद्धरत सैनिकहरुमा संक्रमण महामारीको रुपमा फैलिरहेको जानकारी प्रकाशमा ल्याउनुको बदलामा अरु देशले नै महामारीको नाम नै स्पानिस फ्लु राखिदिए ।

१६) एसियन फ्लु

Asian flu in Sweden 1957

सन् १९५७ देखि १९५८ सम्म चीनबाट फैलिएको एसियन फ्लु संक्रमणले संसारभर ११ लाख मानिसले ज्यान गुमाएका थिए । संक्रमण पोल्टी कुखुराको माध्यमबाट सरेको थियो ।

१७) एचआईभी एड्स

पहिलोपटक अफ्रिकामा सन् १९८१ मा महामारी भई फैलिएको एड्स रोग खास गरी १९२० मा नै रोगी देखा परेको विश्वास छ । दक्षिण अफ्रिकामा चिम्पान्जीबाट मानिसमा संक्रमण भएको विश्वास गरिएकोे एड्सले अहिलेसम्म ३ करोड ५० लाखले ज्यान गुमाई सकेका छन् । एचआईभी अहिलेसम्म नियन्त्रणमा आएको तर औषधि पत्ता लाग्न बाँकी रहेको ठानिएकोमा यसैवर्ष २०२० को जनवरीमा भने दुई एचआईभी संक्रमितको उपचार सफल भएको जानकारी छ ।

१८) स्वाईन फ्लु

2009 H1N1 Swine Flu Line

सन् २००९ देखि २०१० सम्म फैलिएको स्वाईन फ्लुका कारण संसारभर १ लाख ५२ हजार देखि ५ लाख ७५ हजारसम्म मानिसले ज्यान गुमाएको रेकर्ड छ । मेक्सिकोमा केन्द्रविन्दु भई फैलिएको स्वाईन फ्लुको जिवाणु भने सुँगुरबाट आएको बताइएको छ । अहिले स्वाईन फ्लुविरुद्ध भ्याक्सिन तयार भएकाले वर्षमा एकपटक लगाउन सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सुझाव छ । अपुष्ट रिपोर्ट अनुसार अमेरिकन खोजकर्ताले अहिलेको कोरोना संक्रमण स्वाईन फ्लुको विकसित रुप हो र जसले स्वाईन फ्लुको भ्याक्सिन नियमित लगाएको छैन उसैलाई कोरोनाको संक्रमण ज्यादा भएको छ ।

१९) पश्चिम अफ्रिकन ईबोला

सन् २०१४ देखि २०१६ सम्म चलेको ईबोला नामको सरुवा रोगले ११ हजार ३ सय २५ मानिसको ज्यान गएको थियो । ईबोलाबाट ज्यान गुमाउनेहरु अफ्रिकन देशसहित युरोपेली र अमेरिकन देशहरु पनि थिए । अफ्रिकी मुलुक गिनीबाट पहिलो पटक देखापरेको ईबोला भने बाँदरबाट मानिसमा सरेको भनिएको छ ।

२०) जिका

zika virus fog

२०१५ मा दक्षिण अमेरिकाबाट फैलिएको जिका भाइरसका कारण ८५ हजार मानिसको ज्यान गएको थियो । गर्मी ठाउँमा मच्छडबाट जिका संक्रमण हुने भएकाले खासगरी दक्षिण अमेरिकी देशहरुमा ज्यादा मच्छड हुने हुँदा मध्य तथा दक्षिण अमेरिकी देशहरुमा मात्र जिका महामारी चलेको थियो ।

–एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार...