१२ बैशाख २०८१, बुधबार

ला लिगा फूटबलमा रियल मड्रिडको विजय यात्रा जारी

Real Madrid

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडको विजयी यात्रा जारी छ ।

मड्रिड डर्बी अन्तर्गत गएराति रियलले एट्लेटिको मड्रिडमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा रियललाई दशौं मिनेटमै करिम बेञ्जिमाले अग्रता दिलाएका थिए ।

५७औं मिनेटमा एसेन्सिओले रियलको अग्रता दोब्बर पारे । त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसकेपछि रियल विजयी भएको हो ।

जारी सिजनमा रियलको यो लगातार दशौं जित पनि हो । रियलले १७ खेलबाट ४२ अंक जोडेको छ । उता १६ खेलबाट २९ अंकका साथ एट्लेटिको चौथो स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा तेस्रो स्थानको रियल बेटिसले रियल सोसिडाडमाथि ४(० को जित निकाल्यो । जितसँगै रियल बेटिसले १४ खेलबाट ३३ अंक जोडेको छ ।

यस्तै अन्य खेलका भिल्लारियालले रायो भालेकानोलाई २–० ले हराउँदा बार्सिलोना र ओसासुना २२ गोलको बराबरीमा रोकिए ।