Close Me
३ माघ २०८१, बिहीबार

रियल म्याड्रिड एथलेटिक क्लबसँग स्तब्ध

r

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा एथलेटिक क्लबले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एथलेटिक क्लबको जितमा एलेक्स बेरेनगुएर र गी गुरुजेटाले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि जुडे बेलिङघमले एक गोल गरेका थिए ।

यो जितपछि एथलेटिक क्लबको १६ खेलमा २९ अंक भएको छ भने लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै रियल म्याड्रिडको १५ खेलमा ३३ अंक रहेको छ ।