१३ बैशाख २०८१, बिहीबार

आज प्रदेश १ बाहेक देशका धेरै ठाउँको मौसम सफा रहने

wather

आज प्रदेश १ बाहेक देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी भेगको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति प्रदेश१ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु प्रदेशको मौसम भने सफा नै रहने महाशाखाले जनाएको छ।