१५ बैशाख २०८१, शनिबार

तीन दिनदेखि भोकै, भारतको हरियाणामा अलपत्र ४८ नेपाली

nepali stranded

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भारत सरकारले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् ।

तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिए । उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

२१ दिनको लामो लकडाउनमा आफूहरुलाई निकै कठिनाइ भइरहेको उनीहरुले बताएका छन् । उनीहरुले घरमा समेत सम्पर्क गर्न नपाएकाले पत्रकारमार्फत आफ्नो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन ।

नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले नेपालीको उद्धारका लागि नगरपालिकाबाट पहल गरिने जानकारी दिए ।रासस