१३ बैशाख २०८१, बिहीबार

(मतसहित) नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

indra 61

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न मतगणनामा १५८ मतान्तरले बानियाँ सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले १०८५ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । निर्वाचनमा कुल २०२५ मत खसेको थियो ।

मतगणनाको सुरुवाती चरणमा केसीले अग्रता बनाएका थिए । ५०० मत गन्दा केसीले २५६ मत प्राप्त गरेका थिए भने बानियाँले २४२ मत प्राप्त गरेका थिए । तर ६०२ मत गणना गर्दा केसीलाई उछिन्दै बानियाँले अग्रता बनाएका थिए । त्यसपछि बानियाँले निरन्तर मतान्तर बढाउँदै सभापतिमा निर्वाचित हुन सफल भए ।

यसअघि पहिलो चरणमा भएको मतदानमा तीन जना उम्मेद्वारले ५० प्रतिशत मत कटाउन सफल नभएपछि अन्तिम दुई प्रतिस्पर्धीबीच मतदान भएको थियो ।