१५ चैत्र २०८०, बिहीबार

मुख्यमन्त्री पाण्डेद्वारा संसदीय दलकाे बैठक आह्वान, पद त्याग गर्ने संकेत

rajendra pande
फाइल फोटो

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक आह्वान गर्नुभएकाे छ।

नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीका अनुसार मुख्यमन्त्री पाण्डेले शनिबार ११ बजे बस्नेगरी दलको बैठक आह्वान गर्नुभएकाे हाे ।

सांसद कार्कीका अनुसार समसामयिक विषयमा छलफल गर्न दलको बैठक आह्वान गरिएको हो ।

‘समसामयिक विषयमा छलफल गर्न बैठक बस्ने सूचना आएको छ, बैठक शनिबार ११ बजे पार्टी कार्यालयमा बोलाइएको छ’ सूचनामा भनिएकाे छ।

बागमती प्रदेशमा सत्ता गठबन्धन काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डे काठमाडौ आएर दलको बैठक बोलाउनुले पद छाेड्ने संकेत रहेकाे अनुमान गरिएकाे छ ।