१३ बैशाख २०८१, बिहीबार

संस्थापन पक्ष बलियो कांग्रेसको प्रदेश अधिवेशनमा

Deuba Poudel
फाइल फोटो

नेपाली कांग्रेसको प्रदेशसभा अधिवेशनमा संस्थापन पक्ष केही बलियो देखिएको छ । जिल्लाको अधिवेशनमा समेत पकड जमाएको संस्थापन पक्ष प्रदेश अधिवेशनको नतिजाबाट थप हौसिएको छ ।

यि नतिजापछि इतरपक्षले साझा उम्मेदवारी नदिएको अवस्थामा आगामी कार्यकालका लागि सभापतिमा देउवा नै दोहोरिने संभावना बलियो बनेर गएको छ ।

नेपाली कांग्रेसले १६ जिल्ला बाहेकमा अधिवेशन गरी जिल्ला नेतृत्व चयन गरेको छ । ६१ जिल्लामा सम्पन्न अधिवेशनमा ३२ जिल्लामा सभापित शेरबहादुर देउवा पक्षीय सभापति चयन हुँदा इतरपक्षबाट २९ जिल्लामा सभापति चुनिए ।

अहिले प्रदेशसभा अधिवेशन चलिरहँदा संस्थापन देउवा पक्ष र कृष्ण सिटौला पक्ष नजिकिएका छन् । प्रदेश एकमा देउवाले सिटौलालाई साथ दिनुभएको छ भने दोस्रो चरणको निर्वाचनमा धकेलिएको बाग्मती प्रदेशमा सिटौलाको साथ देउवा पक्षीय उम्मेदवार इन्द्र बाँनियालाई छ ।

प्रदेश एक सिटौलाको पकड क्षेत्र भएकाले र सभापति देउवाको पनि साथ भएपछि यहाँ पनि थापा नै बिजयी हुने देखिन्छ । अनि बागमतीमा देउवा पक्षका उम्मेदवार बलियो बन्नु भएको छ । उता कर्णाली र सुदूर पश्चिम प्रदेशमा देउवा पक्षीय उम्मेदवारले जित निकाले ।

कर्णालीमा संस्थापनका ललितसिंह शाही निर्वाचित हुँदा सुदुरपश्चिमा पनि संस्थापनकै वीरबहादुर बलायर प्रदेशसभाको सभापतिमा निर्वाचित हुनु भयो । गण्डकी प्रदेशमा भने पौडेल पक्षीय शुक्रराज शर्मा बिजयी हुनु भएको छ ।

लुम्बिनी प्रदेशमा पनि इतरपक्षका उम्मेदवार अमर पुन संस्थापन पक्षका भरतकुमार शाहभन्दा अगाडि हुनुहुन्छ । जिल्ला र प्रदेशको नजितालाई आधार मान्ने हो भने संस्थापन पक्षभन्दा इतरपक्ष कमजोर देखिएको छ ।

तल्लो तहमा सम्पन्न अधिवेशनले केन्द्रीय नेतृत्व चयनमा पनि प्रभाव पर्ने निश्चित छ । इतरपक्षले साझा उम्मेदवार बनाउन नसकेमा र संस्थापन र सिटौला समूह एक ठाउँमा उभिने परिस्थिति बनेमा केन्द्रीय नेतृत्व चयनमा संस्थापन पक्षले बाजी मार्ने संभावना बलियो बनेर आएको छ ।

अहिले पनि इतरपक्षमा एकमत नभइसकेको फाइदा तल्लो तहमा सम्पन्न अधिवेशनमा संस्थापन पक्षले लिएको विश्लेषकहरुको मत छ । इतरपक्षबाट साझा उम्मेदवार बनेको अवस्थामा र विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिएमा भने देउवालाई नेतृत्वमा पुग्न सहज हुने छैन ।