१६ चैत्र २०८०, शुक्रबार

देखाउनकै लागि गरिने संसदमा एमालेको नाटक बन्द हुनुपर्छ : भीम रावल

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

नेकपा एमाले नेता भीम रावलले निरन्तर संसद अवरुद्ध पार्ने पार्टी नीतिको विरोध गर्नुभएको छ ।

एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमालेले संसद अवरुद्ध गर्दै आएको छ । भदौ २३ गते सुरु भएको संसद अविधेशन एमालेको अवरोधका कारण अन्त्य भएको थियो। सरकारले फेरि मंसिर २८ गतेदेखि अधिवेशन बोलाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले त्यो अधिवेशनमा पनि सदन अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ । तर नेता रावल भने संसदमा अवरोध गरिदा जनताका आवाज अवरुद्ध हुने जिकिर गर्नुभएको छ ।

‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै काम कारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ रावलले ट्वीटमा लेख्नुभएको छ ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’

नेता रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताउनुभएको छ ।