१५ बैशाख २०८१, शनिबार

मंसिर २८ गतेका लागि राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान

sital niwas

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्ति अनुसार मंसिर २८ गते मंगलबार अपरान्ह २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएकाे छ ।

president press r 63