सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने कमल थापाको उद्घोष

राप्रपा अध्यक्ष कमल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उद्घोष गर्नुभएकाे छ ।
पार्टीको एकता महाधिवेशनलाई सम्वोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उहाँले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने उद्घोष गर्नुभयाे ।
उहाँले राप्रपाले राजा आउ देश बचाउ भन्ने नारा छाडेर जनता आउ राजा ल्याउ भन्ने नारा लगाउने बताउनु भयाे ।
उहाँले आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा माग्नुभएकाे छ भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गर्नुभएकाे छ ।
उहाँले आगामी निर्वाचनमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गर्नुभयाे । विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएको समेत बताउनु भयाे ।