
अर्थमन्त्री जनार्दन शर्माले विकासका काममा आएका अवरोधहरू हटाइ विकासका काम लाई तीव्रता दिन छुट्टै विकास ऐन ल्याउने तयारी भएको बताउनु भएको छ ।
बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री शर्माले विकासका सानातिना कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने गरेको बताउनुहुँदै विकासका लागि विशेष कानुनको आवश्यकता औँल्याउनुभएको हो ।
उहाँले अहिलेको खर्च प्रणालीले लक्ष्य प्राप्त समस्या भइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
काठमाडौँमा आयोजित एक अर्को कार्यक्रममा अर्थमन्त्री शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको जानकारी दिनुभएको छ ।
सो कार्यक्रममा अर्थमन्त्री शर्माले मोबाइल पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत व्यवसायीहरूलाई विश्वास दिलाउनुभयो ।