
नायिका रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
बुधवारदेखि काठमाडौंमा शुरु भएको राप्रपाको महाधिवेशन अन्तर्गत उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबार हुनेछ। राप्रपा नेता समेत रहनुभएका रेखाले पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गर्नुभएको हो ।
राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले अध्यक्षमा प्रतिस्पर्धा गर्नुुहने भएको छ ।
रेखाले लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारी गर्नुभएको हो । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी छन्।
बुधवार उद्घाटन सत्र सकिएपछि बन्द सत्र शुरु हुनेछ। बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुने महाधिवेशन कार्यतालिका रहेको छ।